दाङमा कांग्रेस उम्मेदवारहरूसँग मतदाताको ठूलो अपेक्षा

घोराही । क्षेत्र नम्बर १ प्रदेश सभा २ मा पर्ने दाङका पहाडी भेकका मतदाताहरुले खानेपानीको सहज व्यवस्थापन गरिदिन प्रदेशसभा उम्मेदवार समक्ष माग गरेका छन् ।

यसअघि खानेपानीको मागहरु पूरा नभएको भन्दै उनीहरुले प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेतसंग पानीको माग गरेका हुन् । बस्नेतलाई बिकासप्रेमी नेताका रुपमा सुनेको भन्दै उनीहरूले व्यवहारतः बिकास देखाइदिन आग्रह गरे ।

मतदाताको जवाफ दिँदै उम्मेदवार बस्नेतले आफू पहाडी भेकका मतदाताहरूका लागि अपरिचि नभएको बताए । उनले विगतमा पनि आफ्नो पहलमा पहाडी भेकमा बिकास निर्माणको पूर्वाधार खडा गराएको स्मरण गराए ।

मतदाताहरूले सडकको मागलाई पनि उच्च प्राथमिकताका साथ उठाएका छन् । घोराहीसंग जोड्ने सडकको दुरावस्थाबारे जानकारी दिँदै मतदाताहरूले सडकलाई व्यवस्थित रुपमा सञ्चालनका लागि बस्नेत समक्ष अनुरोध गरेका छन् ।

बस्नेतले आफ्नो चुनावी अभियान अन्तर्गत घोराही १ को हर्नोक, काउले, कर्माकोट लगायतका मतदाताहरूसंग मत मागेका छन् ।

क्षेत्र नम्बर १ प्रदेशसभा १ का उम्मेदवार प्रदीप थापाले आइतबार गढवा क्षेत्रमा मतदातासंग भेटघाट गरेका छन् ।

४७ वर्षे लामो राजनीतिक यात्रामा अहिले बल्ल जनप्रतिनिधी बन्ने मौका पाएका उम्मेदवार थापाले आफ्नो लामो राजनीतिक छवि प्रष्ट्याउँदै मतदाताहरूसंग मत मागेका छन् । उनले गढवा गाउँपालिकाको बाँकी गाउँका मतदाताहरूलाई कांग्रेसलाई निर्वाचनमा जिताउन अपील गरे ।

क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य उम्मेदवार सुशीला चौधरीसंग मतदाताहरूले राप्ती नदीमा बलियो तटवन्धको माग गरेका छन् ।

खरदरियाका मतदाताहरूसंगको भेटघाटका क्रममा उम्मेदवार चौधरीसंग राप्ती नदीले कटान गरेर ठूलो क्षति पुगाएको गुनासो गरे । उनीहरूले नदीको समस्या दीर्घकालीन रुपमा रोक्न पनि माग गरे ।

Published : Sunday, 2017 November 12, 6:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया