एमाले–माओवादीलाई झट्का, दुई सय कार्यकर्ता कांग्रेसमा प्रवेश

– महेन्द्र चापागाई

नवलपुर । नवलपुर जिल्लामा विभिन्न दल परित्याग गरेर झण्डै दुई सय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी आइतबार १ सय ९५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

हुप्सेकोट गाउँपालिका र्इकार्इ समितिले राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गर्नेमा राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता रहेको नवलपुर कांग्रेसले जनाएको छ ।

नव प्रवेशी नेता तथा कार्यकर्तालाई प्रतिनिधि सभाका उम्मेदवार बिष्णु कार्की र जिल्ला सभापति बिष्णु लामिछानेले टीका लगाइदिएर कांग्रेसमा प्रवेश गराएका हुन् ।

Published : Sunday, 2017 November 12, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया