देउखुरीमा जिप र ट्रक ठोक्किदा दुई यात्रुको मृत्यु

लमही । दाङको देउखुरीमा जिप र ट्रक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । दस यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटनामा परी राप्ती गाउँपालिका—५ की ३५ वर्षीया रामपति चौधरीको मृत्यु भएको छ । घोराही अम्वापुर निवासी २५ वर्षीया गंगा रेग्मीको मृत्यु भएको छ ।

भालुबाङबाट लमही आउँदै गरेको ना १ ज १३४५ नम्बरको जीप र पश्चिमबाट पूर्वतिर गइरहेको ट्रक लमही नगरपालिका– १ नर्तीमा ठोक्किएको थियो ।

घाइतेमध्ये ५ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य ५ जनाको प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको लमही अस्पतालले जानकारी दिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Published : Sunday, 2017 November 12, 9:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया