वाम गठबन्धन र कांग्रेसबीच सोताङमा झडप

सोलुखुम्बु, २४ कात्तिक । सोलुखुम्बु सोताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
शुक्रबार भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको छ ।
वाम गठबन्धनले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत