राजेन्द्र महतोको चाबी ओलीसँग, उसै बेला ५ करोड लिएका थिए

काठमाडौं । नाकाबन्दी र मधेस आन्दोलनले उग्ररुप लिइरहेका बेला तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्लेन चढेर काठमाडौं आइपुगे । आन्दोलन सफल नहुँदासम्म काठमाडौं नटेक्ने भनेका महतो आफ्नो अडानमा टिकिरहन सकेनन् ।
रातारात काठमाडौं आएर बालुवाटार पुगे । त्यस बेला एमालेका अध्यक्ष समेत रहेका केपी ओली प्रधानमन्त्री थिए । ओलीसँगको त्यो भेटपछि नाकाबन्दी खुकुलो बन्दै गयो । नाकाबन्दीका सबैभन्दा धेरै चर्को बचाउ गर्ने र लामो समयसम्म वीरगञ्ज भन्सार नाका बन्द गर्न धर्ना बस्नेमा उनै महतो पर्छन् ।
त्यस बेला ओलीलाई गुन लगाए वापत महताले ठूलै धनराशि पाएका थिए । अहिले पनि मधेस केन्द्रित दलहरूभित्र ओलीसँग पाँच करोड लिएर महतोले मधेस आन्दोलन तहाएको आरोप लगाउने गरेका छन् ।
मधेसी जनताका छोराछोरीलाई सडकमा उतारेर शहीद बनाउने, मारिएका र घाइते भएकाहरूको उपचार खर्च र राहतमा र्याल चुहाउने प्रवृत्ती अहिले पनि महतोबाट हटेको छैन ।
त्यसबेला महतोले ओलीलाई लगाएको गुन अहिले आएर एमालेले तिर्न लागेको खुलासा भएको छ । एमालेका अध्यक्ष केपी ओलीको डिजाइनमा महतो धनुषा जिल्लाको क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि कांग्रेसका विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्दै छन् ।
आफूलाई कठोर मधेसवादी नेताका रुपमा चिनाउन रुचाउन महतो एमालेका नेता रघुवीर महासेठसँग साँठगाँठ रहेको एमालेका नेताहरू बताउन थालेका छन् ।
मधेस आन्दोलनका बेला पनि उनै रघुवीर महासेठले राजेन्द्र महतोलाई मधेसबाट रातारात काठमाडौं ल्याएर केपी ओलीसँग गोप्य भेट गराएका हुन् । उनै महासेठ र ओलीको डिजाइनमा महतो आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषाको क्षेत्र नं. ३ मा आइपुगेका छन् । कांग्रेसका नेता निधिलाई हराउन ओली, महतो र महासेठबीच गोप्य डिजाइन बनेको स्रोतको भनाइ छ ।
महतो आफ्नै गृहजिल्ला सर्लाहको क्षेत्रमा अलोकप्रिय छन् । उनको गृहजिल्लामा महतोलाई हराउन आफ्नै पार्टीका नेताहरूले बगावत गरेपछि धनुषा भागेर गएको आरोप लाग्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत