टोले गुण्डासँग तनहुँ प्रहरी डरले थुरुरु, ५ दिनदेखि एसपीले जाहेरीलाई फुटबल बनाए, गृहमन्त्रीको सुशासनले हावा खायो
दमौली । टोले गुण्डाहरूले सन्तोष सुनारलाई मरणासन्न हुने गरी दमौलीको बीच बजारमा कुटपिट गरेको घटना पाँच दिन हुँदा समेत जिल्ला प्रहरी कार्यालय, तनहुँले जाहेरी दर्ता गर्न मानेको छ ।
कुटाइ खाएका पीडित सन्तोष आफ्नी आमालाई लिएर जिल्ला प्रहरी कार्यालय, तनहुँमा पटक पटक पुगिसकेका छन् । प्रहरीले उल्टै धम्काएर, थर्काएर जाहेरी फिर्ता गरिदिएको गुनासो पीडित पक्षले गरेका छन् । सोम गुरुङ, विजय पुनसहितका टोले गुण्डाहरूको पक्ष लिएर तनहुँ प्रहरीले ज्यान मार्ने उद्योगको जोहरीलाई बदलेर सामान्य कुटपिटको मुद्दाको जोहरी दिन पीडित पक्षलाई दवाव दिएपछि प्रहरीमाथि गम्भीर प्रश्न उब्जिएको छ । प्रहरीको दवावलाई पीडित पक्षले मानेको छैन । दवाव नमानेपछि ५ दिनदेखि सन्तोष र उनकी आमा जोहरी बोकेर दमौलीमा भौतारिएका छन् ।
पीडित सन्तोषले कुटपिटबाट आफूलाई दायाँ आँखामा चोट लागेको, उपचार गरेको अस्पतालको कागजपत्रहरू समेत जाहेरीसँग राखेका छन् । आफूलाई कुटपिट भएको दिनको सीसीटीभी फुटेज हेर्न पनि सन्तोषले प्रहरीसँग जाहेरीमा अनुरोध गरेका छन् ।
तनहुँ प्रहरीले जाहेरी लिनै नमानेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको बहुमतको सरकारमाथि गम्भीर प्रश्न उठेको छ । कसैले ‘मलाई अन्याय भयो, अनुसन्धान गरेर कारबाही गरी पाउँ’ भनेर जाहेरी दिन्छ भने प्रहरीले सबैभन्दा पहिला जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । तर, तनहुँ प्रहरी टोले गुण्डाहरूसँग डराएर बसेको छ ।
भाइरल गृहमन्त्री सुधन गुरुङले तनहुँको घटना अहिलेसम्म थाहा पाएका छैनन् वा थाहा पाएर पनि बुझपचारएर बसेका हुन् ? गृहमन्त्री गुरुङलाई तनहुँ प्रहरीले टेरपुच्छर लगाएको छैन ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा कार्यरत दीपेन्द्र (सिभिल/संभवत घुमुवा/पूरा नाम र पद थाहा नभएको) र ईन्स्पेक्टर दीपक कार्कीले शुक्रबार पीडित सन्तोष सुनार र उनकी आमालाई तथानाम गालीगलौज गर्नुका साथै सन्तोषलाई थुन्नेसम्मको धम्की दिएर जाहेरी दर्ता नगरेर फिर्ता पठाइदिएका छन् । तनहुँ प्रहरीको सो हर्कतले कसूर गर्ने टोले गुण्डाहरूको मनोवल उच्च बनेको छ । तनहुँ प्रहरीले कुटपिटको घटनामा संलग्न नाइके सोम गुरुङविरुद्ध जाहेरी दर्ता गर्न मानेको छैन । सोम गुरुङको नाम हटाएर जाहेरी ल्याउन भनेको छ । कुटपिटमा संलग्न सोम गुरुङ, विष्णु आले, विजय पुनलगायतको नाममा सन्तोष सुनारले किटानी जाहेरी दिएका छन । जोहरीलाई पाँच दिनदेखि तनहुँ प्रहरीले फुटबल बनाएर राखेको छ ।
गत बुधबार जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी टेकबहादुर कार्कीले जाहेरी दर्ता गरेर दोषीलाई कारबाही गर्ने प्रतिक्रिया दिएका थिए । शनिबारसम्म जोहरी दर्ता नभएको विषयमा सोधिएको जिज्ञासामा एसपी कार्कीले पीडित पक्षलाई पठाइदिनुस्, मलाई भेट्न भन्नुस् म हेर्छु भनेर हल्का जवाफ दिए । एसपी कार्कीले घटना भएको पाँच दिन हुँदासम्म किन जाहेरी दर्ता र घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा गम्भीरता किन देखाएनन् ? प्रश्न उठाएको छ ।
पीडित सन्तोष सुनारलाई असार ९ गते व्यास नगरपालिका वडा नं. ४ ब्रदर्श क्याफे अगाडि करीव २ बजेको समयमा सोम गुरुङको नेतृत्वमा पाँच जनाको समूहले सडकमा लतारी लतारी रडले प्रहार गरेर कुटपिट गरेको जोहरीमा उल्लेख छ ।
सन्तोषले आफूमाथि कसूर गर्ने व्यक्तिहरूमा वर्ष ३५ का सोम गुरुङ, वर्ष ३१ का विष्णु आले, वर्ष २३ का सोहिप मियाँ, वर्ष ३० का संजोग मल्ल, वर्ष ३१ का भोटे भन्ने विजय पुनको नाम जोहरीमा उल्लेख गरेका छन् ।
यसैबीच, सन्तोषलाई दमौली बजारमा कुटपिट भएको र प्रहरीले जाहेरी दर्ता नगरेको भनेर रिपब्लिका दैनिकमा प्रकाशित समाचारलाई लिएर भोटे भन्ने विजय पुनले फोन गरेर धम्की दिएका छन् । विजयले रिपब्लिका दैनिकलाई ९८४५११४६०० नम्बरबाट फोन गरेर सन्तोष सुनारको जाहेरी प्रहरीले दर्ता नै नगरेको र तनहुँ प्रहरी आफूहरूसँग रहेको भनेर धम्की दिएका छन् । उनले समाचारप्रति आक्रोश पोखेका छन् ।
गुण्डा नाइके सोम गुरुङको निर्देशनमा टोले गुन्डा विजय पुनसहितको ग्याङ ब्रदर्श क्याफेमा बसेका थिए । सोही क्याफेमा सन्तोषलाई बोलाएर कुटपिट भएको थियो । सन्तोषसँगै रहेका उनका साथी पवी क्षेत्रीलाई भने गुण्डा नाइके सोम गुरुङ र विजय पुनको समूहले केही गरेको छैन । सन्तोषले सोम गुरुङले पनि आफूलाई गम्भीर घाइते हुने गरेर कुटपिट गरेको बताए । सोम र विजयले धेरै कुटपिट गरेको सन्तोषले बताए ।
गत माघ १५ गते दमौलीको डायमन्ड रेस्टुरेन्टमा खाजा खाइरहेका आयुष परियार, अभिषेक बि.क. र प्रदीप सुनारलाई खेम गुरुङको नेतृत्वमा आएको समूहले खुकुरीसहितका हातहतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । त्यस क्रममा खेम गुरुङको समूहमा सुवास गुरुङ, बाबुराम धोती भन्ने बाबुलाल साह, ज्योति रोका, सुकुम्बासी भोटे भन्ने विजय पुन लगायतका समूहले खुकुरीसहितका हातहतियारले कुटपिट गरेको थियो । सो घटनामा संलग्न उनीहरू धरौटीमा छुटेका छन् ।
केही दिन अगाडि माघ १५ गतेको खुकुरी प्रहारको सोही घटनाको तनहुँ जिल्ला अदालतमा बकपत्र हुँदै गर्दा सन्तोष सुनार पनि पुगेका थिए । माघ १५ का पीडित आयुष परियारसहितको पक्षमा लागेको भन्दै टोले गुन्डाहरू सोम गुरुङ, विजय पुनको समूहले मंगलबार दमौलीमा सन्तोष सुनारलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने क्रममा विजय पुनले सन्तोष सुनारलाई ‘फागुन १५ को घटनाको बकपत्र दिन किन गइस भनेर कुपिट गर्नुका साथै तेरो हत्या गरेर भाग्छु’ भनेर समेत धम्काएको पीडित सुन्तोष सुनारले बताएका छन् ।
फागुन १५ गतेको खुकुरी प्रहारको घटनालाई दवाउन र मिलाउ खेम गुरुङ, विजय पुनको समूहले ठूलो चलखेल, धम्की र दबाब दिँदै आएको छ । राजनीतिक संरक्षणमा धम्की र दबाबबाट नपुगेपछि सोम गुरुङ, विजय पुनको समूहले फागुन १५ को खुकुरी प्रहारको घटना मिलाउन सुन्तोष सुनारमाथि दिउँसै कुपिट गरेर आतंक मच्चाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया