दाङ २ मा शंकर पोखरेललाई हराएका विपिन रास्वपाको महामन्त्रीमा निर्वाचित
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारीहरूको मतगणनामा आचार्य महासचिवमा निर्वाचित भएका हुन् । महामन्त्री पदमा आचार्य, मनीष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो ।
महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रञ्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
आचार्य यसअघि रास्वपाको सहमहामन्त्री थिए । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य (सांसद)मा निर्वाचित भएका आचार्यले एमालेका महासचिव शंकर पोखरेललाई हराएका हुन् ।
निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागेका छन् ।
नवनिर्वाचित महामन्त्री आचार्यले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताएका छन् । उनले भने, ‘नेपाली जनताले जुन अपेक्षा राखेको छ त्यसमा खरो उत्रिएर जिम्मेवारी पूरा गर्नेछु । विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्नेछु ।’
‘महामन्त्रीका रुपमा पार्टीमा इमान्दार योद्दाको रुपमा मलाई धेरैले देख्न सक्नेछ । जहाँ विधि, पारदर्शीता र ऐक्यवद्धतातर्फ लैजान मेरो भूमिका रहन्छ,’ उनले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया