लुम्बिनीमा देउवा पक्षीय कांग्रेस नेताहरूको असार १६ गते भेला, कोइराला पक्ष पनि सहभागी हुने
मसुरिया । पार्टीमा बृहत्तर एकताका लागि शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले लुम्बिनी प्रदेशस्तरीय भेला गर्न लागेका छन् ।
असार १६ गते मंगलबार दाङको लमहीस्थित होटल सिद्धार्थमा भेलाको आयोजना गरिएको नेताहरूले बताएका छन् । भेलामा नेता डा.शेखर कोइराला निकटका लुम्बिनी प्रदेशका नेताहरू तथा कार्यकर्ताहरूलाई पनि निमन्त्रणा गरिएको छ ।
भेलाको संयोजन नेता गेहेन्द्र गिरीले गरेका छन् । उनलाई अन्य नेताहरूले साथ दिनेछन् । नेता गिरीले भेलामा विशेष गरेर लुम्बिनी प्रदेशभित्रकै देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने बताए । केन्द्रबाट पनि नेताहरू भेलामा सहभागी हुन आउने आश्वासन पाएको उनले बताएका छन् ।
‘लुम्बिनीमा देउवा पक्षको प्रदेशस्तरीय भेला असार १६ गते
शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले असार १६ गते मंगलबार लुम्बिनी प्रदेशस्तरीय एकदिने बृहत् एकता भेलाको आयोजना गर्न लागेका छौँ,’ नेता गिरीले भने ।
नेता गिरीका अनुसार भेला बिहान ११ बजेदेखि दाङको देउखुरी उपत्यकाको लमहीस्थित होटल सिद्धार्थमा आयोजना हुनेछ ।
भृकुटीमण्डप भेलाबाट कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेर कांग्रेसलाई इतिहासकै लज्जाजनक अवस्थामा हराएपछि पार्टीभित्र बृहत एकताका देउवा पक्षीय नेताहरूले प्रदेशस्तरीय भेलाहरू गर्दै आएका छन् ।
लुम्बिनी प्रदेशस्तरीय भेलापछि राष्ट्रिय भेला हुनेछ । राष्ट्रिय भेला काठमाडौंमा गर्ने कार्यक्रम छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया