गगनले दिए राजन भट्टराईलाई कडा जवाफ, एमालेभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा सँगै चार वर्षसम्म बसेको व्यक्तिले प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमालेका नेता राजन भट्टराईप्रति लक्षित गर्दै सांसद बनेर बसेको व्यक्तिले विकास किन भएन भनेर प्रश्न गर्न उचित नहुने बताए ।

‘एमालेका एकजना साथी जो मेरो प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ मसँगै चार वर्ष संसद बस्नुभयो’, उनले भने, ‘उहाँले अहिले आएरर गगन थापाले यो गरेन त्यो गरेन भन्नु सुहाउँदैन । यदि मैले गर्न नसकेको भए काठमाडौं क्षेत्र नं. ४ मा भएको विकास कसले ग¥यो ?’

‘मलाई मतदान गर्ने मतदाताहरू आरोप लगाएकै भरमा पछाडि लाग्ने व्यक्ति होइनन्’, उनले भने, ‘मेरो क्षेत्र मैले जति बुझेको छु । जति चिनेको छु बाहिर बस्ने व्यक्तिले चिन्दैन ।’

कांग्रेस नेता थापाले भने, ‘गीत गाएर, मुठ्ठी कसेर विकास हुँदैन साथीहरू हो । विकास गर्न काम गर्नुपर्छ । हाउजिङमा घर बनाएर बस्ने सांसद म होइन । म यही बस्छु ।’

नेता थापाले आफूलाई वामपन्थीहरूले भ्रष्टाचर गरेको भनेर लगाएको आरोपको कडा शब्दमा खण्डन गरे । ‘मलाई कृषि गर्ने नाममा १४ करोड खायो भने । चार वटा घडेरी किनेको छ भनेका छन्’, उनले भने, ‘मेरो सम्पत्ति कति छ तपाई सबैलाई जानकारी छ । म पारदर्शी छु ।’

Published : Saturday, 2017 November 4, 4:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया