दाङमा कांग्रेसका उम्मेदवार बलिया, वाम गठबन्धनको मनोवल ह्वात्तै गिर्‍यो

घोराही । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलहरूले दाङ जिल्लामा रहेका ३ वटा प्रतितिधि सभा र छ वटा प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन गरेका छन् ।

तोकिएको समयभित्र उनीहरूले बिहीबार दलबलसहित उम्मेदवारी मनोनयन गरेका हुन् । दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले दाङ क्षेत्र नं. १ मा सुशीला चौधरीको मनानयन दर्ता गराएको छ ।

चौधरी यसअघि पनि सोही क्षेत्रमा प्रत्यक्षबाट निर्वाचित लोकप्रिय नेता हुन् । कांग्रेसको राजनीतिमा उनी र उनको परिवारको ठूलो योगदान छ । क्षेत्र नं. १ मा चौधरीले धेरै विकासका कामहरू गरेकी छिन् ।

क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरीले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका चौधरी सो क्षेत्रमा अलोकप्रिय नेताका रुपमा परिचित छन् ।

दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता राजु खनालले उम्मेदवारी दर्ता गरेका छन् । २ नं. क्षेत्रमा उल्लेख्य विकास गरेर मतदाताहरूको मन जितेका खनालले यसपटक पनि बाजी मार्ने कांग्रेसको दाबी छन् ।

खनालको प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराले एमालेका नेता शंकर पोखरेललाई प्रदेश सभाका लागि पठाएर आफूले एमालेको समर्थनमा जित्न उम्मेदवारी दिएका हुन् । महरालाई दाङ जिल्लामा भगौडा नेताका रुपमा चिन्छन् ।

दाङ क्षेत्र नं. ३ मा नेपाली केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले उम्मेदवारी दर्ता गरेका छन् । आफ्नो क्षेत्रमा विकासका थुप्रै कार्यक्रम लगेर चर्चामा आएका गिरीले सजिलै जित्ने दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । गिरीको प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका हीरा केसीले उम्मेदवारी दिएका छन् । एमालेका केसीको सो क्षेत्रमा प्रभाव छैन ।

दाङ कांग्रेसले उम्मेदवारी दिन जाने क्रममा देखाएको शक्ति प्रदर्शनबाट वाम गठबन्धनले जिब्रो टोकेका छन् । दाङ कांग्रेस सभापति कीर्तिबहादुर खड्काले वाम गठबन्धनभन्दा कांग्रेसका उम्मेदवारहरू बलिया रहेको दाबी गरे ।

यसैबीच

प्रतिनिधीसभामा ३ र प्रदेससभामा ६ गरी ९ जना जनप्रतिनिधि चयनका लागि ९० जना उमेदवारले उमेदवारी दर्ता गराएका छन् । तीमध्य १५ जना स्वतन्त्र छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली कांग्रेस विपीबाट अशोक खड्का सहित ११ जनाले उमेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ प्रदेशसभाका लागि ‘क’ मा ८ र ‘ख’ मा ११ जनाको उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, राष्ट्रिय जनमुक्तिबाट ठाकुर रोका, नेकपा (माले)बाट भोजबहादुर विश्वकर्मा सहित ९ जनाको उमेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा ११ र ‘ख’ मा ९ जनाको उमेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हीरामणि पौडेल, नयाँ शक्ति पार्टी नेपालबाट हरिप्रसाद रिजाल लगायत ११ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधीसभा सदस्यका लागि ३ नम्बर क्षेत्रबाट एमालेकी कोमल ओलीले स्वतन्त्र उमेदवारी दर्ता गराएकी छिन् ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट १० र ‘ख’बाट ९ जनाले उमेदवारी दर्ता गराएका ।

Published : Thursday, 2017 November 2, 10:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया