माओवादीका दिग्गज नेता कांग्रेसमा प्रवेश, वाम गठबन्धनमा भुइँचालो

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई नराम्रोसँग पराजित गरेका माओवादी केन्द्रका नेता तथा निवर्तमान सांसद शम्भुलाल श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा श्रेष्ठसहितका माओवादीका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
सर्लाहीबाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नेता खनाललाई श्रेष्ठले हराएका थिए । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वागत गरेका हुन् ।
श्रेष्ठसँगै कांग्रेस प्रवेश गर्नेहरूमा प्रेमहरि श्रेष्ठ, इन्द्रबहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लामा दोर्जे मोक्तान, राजु लामा, अभिषेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डरौला लगायत रहेका छन् ।
सर्लाही जिल्लामा अत्यन्तै लोकप्रिय नेता श्रेष्ठलाई कांग्रेसले प्रतिनिधि सभाका लागि टिकट दिने तयारी समेत गरेका छन् । श्रेष्ठ कांग्रेसमा प्रवेश गरेपछि वाम गठबन्धनका एमाले र माओवादी केन्द्रभित्र भुइँचालो गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत