देउवा, पौडेल, गच्छदारसहित २२ नेताको निर्वाचन क्षेत्र टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासहित २२ जना प्रमुख नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको संसदीय समितिको बैठकले देउवालाई गृहजिल्ला डढेल्धुराबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १, महामन्त्री डा.शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

विजयकुमार गच्छदारलाई सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, प्रकाशमान सिंह काठमाडौं १, विमलेन्द्र निधिलाई धनुषा ३, रमेश रिजाल पर्सा ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, डा.शेखर कोइराला मोरङ ६, महेश आचार्य मोरङ ४, मीनेन्द्र रिजाललाई मोरङ २ बाट उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

काठमाडौं ५ बाट डा.प्रकाशशरण महत, वारा ३ बाट फरमुल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १, नारायणबहादुर कार्की उदयपुर २, केशव थापा इलाम २, तीर्थ लामा काभ्रे १, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट उम्मेदवार बनाउने निर्णय समितिले गरेको छ ।

अन्य निर्वाचन क्षेत्रको विषयमा टुंगो लगाउन संसदीय समितिको बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

Published : Thursday, 2017 October 26, 7:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया