गुन्डा नाइके मनाङगेको सपना चकनाचुर, ओलीले लात हाने !

काठमाडौं । हास्य कलाकारहरूको संगठन सिस्नोपानी नेपालले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ ।

यसवर्षको व्यंग्यात्मक देउसीलाई सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ ।

देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरू कलाकारको प्रहारमा परेका छन् ।

त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ ।

देशको समसामयिक परिस्थितिलाई सजीव रुपमा प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरुको सहभागितामा छ ।

कार्यक्रममा आफैंमाथिको व्यंग्य सुन्नका लागि राजनीतिक दलका केही नेताहरू पनि सहभागी बने ।

देउसीभैलो सुनेपछि प्रतिक्रिया दिदै एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमालेले कुनै पनि गुण्डा नाइके वा डन भनेर चिनिएकालाई उम्मेदवार नबनाउने प्रतिवद्धता व्यक्त गरे ।

ओलीको यो अभिव्यक्तिसँगै गुन्डा नाइके दीपक मनाङ्गेको विधायक बन्ने सपना चकनाचुर बनेको छ । ओलीले स्पष्ट रुपमा भनेका छन्, ‘कुनै पनि गुन्डा वा डनले एमालेबाट टिकट पाउँदैन ।’

राप्रपा छाडेर एमालेमा हतारहतार टिकटका लागि प्रवेश गरेका मनाङ्गेलाई फेरि एक पटक दिमागमा झट्का लागेको छ ।

केही राजनीतिक दलबाट उम्मेदवारका लागि गुण्डा नाइकेहरुको समेत नाम सिफारिस भएपछि सिस्नोपानी नेपालले भैलोमा त्यसलाई पनि कटाक्ष गरेको थियो ।

देउसी भैलोमा भनिएको थियो, ‘देउवाजीले ब्याटिङमा शतक हान्लान जस्तो छ, मन्त्रीमण्डल ब्रोइलरको बथान जस्तो छ ।’

Published : Thursday, 2017 October 19, 9:07 am

2 प्रतिकृया प्राप्त “गुन्डा नाइके मनाङगेको सपना चकनाचुर, ओलीले लात हाने !”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया