मान्छेको मासुको अचार बनाएर खाने जोडी

मस्को । रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । पक्राउ परेको जोडीले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर मासु खाएको स्वीकार गरेको छ ।

रुसको पुलिसले पक्राउ परेको जोडीको घरबाट आठ वटा शवको अंग पनि बरामद गरेको छ ।

क्रासनोदर सिटीमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेवले मानिसलाई मारेर उनीहरूको मासु खाने सिलसिला सन् १९९९ देखि सुरु गरेको स्वीकार गरेका छन् ।

दिमित्रीले आफ्नो अपराधमा नर्स समेत रहेकी ४२ वर्षीया पत्नी नतालियाले साथ दिएको बताएका छन् । पुलिसले नतालियालाई पनि पक्राउ गरेको छ ।

मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजमा राखेर खानुका साथै मान्छेको मासुको अचार पनि बनाउने गरेको उनीहरूले पुलिस समक्ष बयान दिएका छन् ।

घरमा नै एउटा भण्डार बनाएका उनीहरूले मान्छे मारेर शरीरको टुक्रा बनाइ राख्थे । त्यसपछि उनीहरूसँग सेल्फी पनि खिच्थे ।

भण्डारबाट १९ वटा छाला बरामद गरिएको छ । उनीहरूले मान्छे मारेर छाला निकालेर मासु खाने गरेको अनुसन्धानबाट खुलेको छ ।

दिमित्री र नतालियाको भेट र विवाह कसरी भयो भन्नेबारे जानकारी आएको छैन । उनीहरूको परिवार मिलिट्री एकेडेमीको क्वार्टर होस्टेलमा बस्ने गरेको पत्ता लागेको छ ।

उनीहरूले मानिसहरूलाई लागुऔषध दिएर आफ्नो शिकार बनाउने गरेको बताइएको छ । – एजेन्सी

Published : Tuesday, 2017 October 3, 7:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया