एमाले वडाध्यक्ष उम्मेदवारको यस्तो ‘चर्तिकला’, नागरिकता नै खारेज

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार जयराम कुँवरको नागरिकता खारेज गरेको छ ।

कुँवरले दोहोरो नागरिकता लिएको भेटिएपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।

कुँवरले २०६३ साल माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ नगरपालिका वडा नम्बर ४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी मान्नधरले बताए ।

कुँवरले यसअघि २०६० साल वैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा भदौ २१ गते कुँवरले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएपछि त्यही वडाबाट अध्यक्ष पदमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुनील चौधरीले दावी विरोध पेश गर्ने दिन कुँवरले दोहोर नागरिकता लिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

कुँवरले कीर्ते गरेर दुई पटक गरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडाध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका हुन् ।

नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय निजगढले जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरी कुँवरको नागरिकता सम्बन्धमा जानकारी मागेको थियो ।

उम्मेदवारी दर्ता गर्ने क्रममा कुँवरले २०६३ साल माघ २१ गते घुम्ती टोली मार्फत निजगढ ४ बाट २०६८ वैशाख २९ गते लिएको ३३३१०११–५९९ नम्बरको नागरिकताको प्रतिलिपी पेश गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले एमाले उम्मेदवार कुँवरलाई तपाईको नागरिकता खारेज भएको र केही भन्नु पर्ने भए निर्वाचन अधिकृतको कार्यालयमा जवाफ दिन व्यवहोराको लिखित पत्र शनिवबार दिइएको बताए ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने निर्वाचन अधिकृतको कार्यालयबाट आयोगलाई लिखित जानकारी आएपछि उम्मेदवारको उम्मेदवारीको सम्बन्धमा कानुन अनुसार उचित निर्णय लिने बताए ।

एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले कुँवरका विरोधी कांग्रेसका उम्मेदवार चौधरीले व्याक्तिगत रिसबी साँध्न उजुरी दिएको आरोप लगाएका छन् ।

Published : Sunday, 2017 September 17, 7:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया