एकाएक कांग्रेसको पक्षमा देखियो जनमत, एमालेको सातो गयो !

वीरगञ्ज । मौन अवधि सुरु हुनु केही घण्टा अगाडि भएका नेपाली कांग्रेसका चुनावी सभाहरूमा देखिएको जनलहरले एकाएक कांग्रेस उम्मेदवारहरूको पक्षमा जनमत देखिएको दाबी गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई २ नं. प्रदेशका शुक्रबार दर्जनौँ स्थानमा गरेको चुनाव सभाहरूमा सहभागीको उपस्थिति देखेर कांग्रेस उम्मेदवारहरू उत्साहित देखिएका हुन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले रिपब्लिका दैनिक डटकमसँग कुरा गर्दै कांग्रेसलाई २ नं. प्रदेशमा पहिलो पार्टी बन्नबाट कसैले पनि रोक्न नसक्ने बताए । उनले भने, ‘कांग्रेसलाई मधेसी जनताले माया गरेका छन् । यसपटक स्थानीय तहको निर्वाचनमा पनि गर्ने छन् ।’

युवा नेता थापाले भने, ‘एमालेले सधैँ मधेसी जनताको अपमान गरेको छ । त्यति मात्रै होइन जनजातिहरूलाई सधैँ जुधाएर व्यक्ति र पार्टी स्वार्थ लिएको छ । बामपन्थीको नाममा मुखुण्डो लगाएको यो एमालेलाई पराजित गर्नुको विकल्प छैन ।’

अर्का युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि कांग्रेसका उम्मेदवारहरूका पक्षमा राम्रो माहोल देखिएको बताए । ‘कांग्रेसले २ नं. प्रदेशमा माया पाएको छ’, उनले भने, ‘अब मधेसी जनताको उद्धार नेपाली कांग्रेसले गर्छ ।’

थापा र पौडेलले बामपन्थीहरूले जस्तो झुठको खेती कांग्रेसले कहिल्यै नगर्ने बताए । उनीहरूले कांग्रेसले व्यवहारमा काम गरेर देखाउने गरेको बताए ।

कांग्रेसले शुक्रबार गरेका चुनावी सभाहरूमा स्थानीय सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो । कांग्रेसको पक्षमा एकाएक माहोल देखिएपछि एमालेसहितका दलहरू डराएको स्थानीय कांग्रेसी नेताहरूले दाबी गरेका छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, विमलेन्द्र निधि, डा.शेखर कोइरालालगायतका दर्जनौं केन्द्रीय नेताहरू झण्डै एकसातादेखि तराई मधेसका जिल्लामा प्रचार प्रसारमा सक्रिय छन् ।

Published : Friday, 2017 September 15, 6:09 pm

1 प्रतिकृया प्राप्त “एकाएक कांग्रेसको पक्षमा देखियो जनमत, एमालेको सातो गयो !”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया