राजेन्द्र महतोले ‘बदला’ लिन मधेसी जनतालाई उकासे

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूमाथि दमन गर्नेसँग मधेशी जनतालाई ब्यालेटमार्फत बदला लिने अवसर आएको बताएका छन् ।

स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको खड्ग नगरपालिकास्थित कल्याणपुरमा बिहीबार आयोजित सभामा उनले भने, ‘मधेशीमाथि भएको दमनको बदला निर्वाचनमा मधेसी जनताले ब्यालेटलाई सदुपयोग गरेर देखाइनेछ ।’

नेता महतोले निर्वाचनमा राजपाका उम्मेदवारलाई जिताउनका लागि गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘विगतमा ठूला तीन दल मधेशी जनतासँग मत लिएर उल्टै मधेशी जनतामाथि सामन्ती व्यवहार देखाएकाले अबको निर्वाचनमा ती पार्टीलाई मधेशी जनताले सबक सिकाउनै पर्छ’, उनले भने ।

निर्वाचनलाई आफ्नो पार्टीले आन्दोलनकै रुपमा लिएको बताउँदै उनले मधेशको अधिकार, सम्मान र स्वाभीमानका लागि राजपाले जित्नैपर्ने जिकिर गरे ।

सभामा राजपाकाबाट खडक नगरपालिकाका प्रमुखका उम्मेदवार नन्नुकुमार चौधरी र उपप्रमुखका उम्मेदवार पिंकीकुमारी साहले खडग नगरपालिका व्यापक सम्भावना बोकेको शहर भएकाले नगरक्षेत्रलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Published : Thursday, 2017 September 14, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया