सर्लाहीमा मेयरको घरमा टाइम बम विष्फोट

सर्लाही । सर्लाही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक सुकुम्वासीहरूले सागरनाथ वन परियोजनाको कार्यालयमा आक्रमण गरेका छन् ।

सुकुम्वासीहरूले सोमबार सागरनाथ वन परियोजनाको सहायक अफिसमा आगजनी गर्नुका साथै कर्मचारीहरूमाथि हातपात गरेको स्रोतलेजनाएको छ । सुकुम्वासीहरूको आक्रमणबाट भवनमा क्षति पुगेको बताइएको छ ।

मेयरको घरमा टाइम बस

यसैबीच, बागमती नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका भरत थापाको घरमा टाइम बम विष्फोट भएको छ । विष्फोटबाट क्षति भने भएको छैन ।

धनुषामा शिक्षकहरू पक्राउ

धनुषा प्रहरीले ‘नेकपा’ निकट मानिने दुई शिक्षक र दुई कार्यकर्तालाई पक्राउ गरेको छ । निर्वाचन विथोल्ने र बम पड्काउन सक्ने आशंकामा चार जनालाई पक्राउ गरेको स्रोतको भनाइ छ ।

नेकपा धनुषाले प्रहरीले निर्दोष शिक्षक र कार्यकर्ताहरूलाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ । नेकपाले पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरेको छ ।

पक्राउ पर्नेमा शिक्षकद्वय मलट महतो र जगदीश राय तथा धिरसागर दास र गंगाराम दनुवार रहेका छन् । प्रहरीले नेकपाका महोत्तरीका प्रभावशाली नेता बाबुलाल लामालाई पनि पक्राउ गरेको छ ।

Published : Tuesday, 2017 September 12, 10:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया