साढे चार लाखको खसी, खाटबाट झर्न मान्दैन
नयाँदिल्ली । भारतको पुरानो दिल्लीस्थित जामा मस्जिद नजिकैको खसी बजारमा भीडभाड लागेको छ । त्यो भीडको आकर्षणको केन्द्र बनेको छ, खाटमा बसेको खसी ।
उत्तर प्रदेश निवासी साहब अली नामक खसी व्यापारीको राजा नामक यो खसीको मूल्य साढे चार लाख भारतीय रुपैँया बताइएको छ ।
राजालाई अलीले यतिसम्म पुल्पुल्याएका छन् कि ऊ खानका लागि पनि भुइँमा ओर्लिन मान्दैन । कहिलेकाहीँ हिँड्न मन हुँदा मात्रै राजा भुइँमा झर्छ ।
अली गत १५ वर्षदेखि खसी व्यापारका लागि पुरानो दिल्ली आइरहेका छन् । मेवती जातिको यो खसीलाई बदाम, दुध र घाँस खान दिने गरेको अली बताउँछन् । – एजेन्सी
Published : Friday, 2017 September 8, 6:49 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत