पूर्वको रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आइतबारदेखि पाँच दिनका लागि बन्द भएको छ ।
गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ ।
पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ ।
त्यस्तै वर्षातमा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
Published : Sunday, 2017 September 3, 7:14 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत