कांग्रेस निकट खेलकुद संघको मन्त्रीलाई बधाई

काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघले राजेन्द्र कुमार के.सी. (राजन)लाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएकोमा सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरेको छ ।

नेपाली कांग्रेसले लामो समयदेखि उपेक्षा गरिरहेको खेलकुदलाई महत्व प्रदान गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो रोजाईमा राख्दै के.सी.लाई मन्त्रीमा नियुक्त गरेको हो ।

बधाई तथा शुभकामना कार्यक्रममा संघले आफ्ना केन्द्रिय सदस्य सरोज मुल्मी वडा नं. ११ को वडा सदस्यमा तथा रञ्जन थापा, सरस्वती भण्डारी र फणिन्द्र पौडेल राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको केन्द्रिय अध्यक्ष, महिला उपाध्यक्ष र महासचिवमा विजयी हुन सफल भएकोमा उनीहरुलाई समेत सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरेको थियो ।

बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले अन्य पार्टिहरुले खेलकुद संघ गठन गरेर खेलकुदमा जग बसाली सकेपछि मात्र ढिलो गरेर नेपाली कांग्रेसले खेलकुद संघ बनाएको बताए ।

त्यसमा पनि आपसी मतभेदका कारण संघ खेलकुद विकास, खेलाडी बिकास र पार्टि संगठनमा लाग्नु पर्नेमा स्थापनाको लामो समय सम्म पनि पचहत्तरै जिल्लामा संघ गठन गर्न नसेको भन्दै आपसी मतभेद भुलेर खेलकुद तथा खेलाडी विकास र संगठनमा लाग्न सवैमा अनुरोध गरे ।

“संगठन कमजोर भएमा सवै क्षेत्र कमजोर हुन्छ, मलाई सहयोग गर्नुस खेलकुदमा आमुल परिवर्तन गरेर देखाई दिन्छु” मन्त्री केसीले भने । मन्त्री के.सी.ले खेलाडी र खेलकुद विकासको लागि युवा तथा खेलकुद मन्त्रालय सदा साथ रहेने समेत बताए ।

सो अवसरमा संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले लामो समय पश्चात कांग्रेसले युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो भागमा लिएर खेलकुदको मर्म बुझेको भन्दै यसले खेलकुद सम्वद्धहरुमा नयाँ रक्त सञ्चार भएको बताए । उनले अव खेलकुदको क्षेत्रमा आमुल परिवर्तनको आशा पलाएको र मन्त्रीज्यूबाट त्यसको प्रत्याभुती हुने कार्य गरिनेमा आफु विश्वस्त रहेको बताए ।

Published : Sunday, 2017 September 3, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया