भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि

काठमाडौं । भ्याली पबिलक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गर्ल्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने ।

बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को साँघुरो अन्तरले पराजित ग-यो ।

भ्याली पब्लिकको जितमा सुमिना तामाङले ८ अंक योगदान गरिन् । शुक्रबारै भएको सेमिफाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३०–६ तथा चाँदबागले एलआरआईलाई १८–८ ले हराएका थिए ।

ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले एन्जल्स हार्टलाई २१–१३ ले पाखा लगायो । पुष्पसदनका दिल्सान महर्जनले ८ स्कोर गरे । ब्वाइजको सेमिफाइनल पनि शुक्रबारै भएको थियो । त्यसमा एन्जल्स हार्टले बाबालाई ३९–१८ तथा पुष्पसदनले स्वर्णिम स्कुललाई ३६–६ ले पराजित गरेका थिए ।

गल्र्समा चाँदबागकी दिब्या गुरुङ तथा ब्वाइजमा एन्जल्स हार्टका सागर परियार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । गल्र्समा चाँदबाग र ब्वाइजमा स्वर्णिमले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई बृहस्पतिका अध्यक्ष पुरुषोत्तमराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा सल्लाहकार मुरारीनिधि तिवारी, एकेडेमिक कोओर्डिनेटर ईश्वरी ज्ञवाली, ह्युम्यान रिसोर्स इन्चार्ज रचना कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ ११ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान १२–१२ गरी २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ब्वाइज र गर्ल्स दुवैमा यु–१२ उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो ।

Published : Saturday, 2017 September 2, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया