राणा समूहलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा विभाजन र नयाँ दल दर्ताका विषयमा परेको रिटमा विपक्षीलाई बोलाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश केदार चालिसेको एकल इजलासमा शुक्रबार भएको सुनुवाईपछि विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई भदौ २६ गते जवाफसहित आउन आदेश दिएको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले राप्रपा (प्रजातान्त्रिक)लाई निर्वाचन आयोगले दर्ता गरेको सम्बन्धमा खारेजको माग गर्दै राप्रपाद्वारा दर्ता गरिएको रिटको सुनुवाइपछि सर्वोच्चले विपक्षीलाई बोलाउने आदेश भएको जानकारी दिनुभयो ।

पठकले सर्वोच्चको आदेशलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताउनुभयो । ‘निर्वाचन आयोगको दल दर्ताको निर्णयप्रति सम्मानित सर्वोच्च अदालतले आशंका जनाएको हामीले पायौँ’, उहाँले भन्नुभयो ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौला सर्वोच्च अदालतको आदेशले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)लाई समस्या पर्ने बताउनुभयो ।

‘निर्वाचन आयोगले गरेको अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्चको आजको आदेशलाई लिएका छौँ’, उहाँले भन्नुभयो ।

राप्रपा विभाजन भएपछि पशुपति शम्शेर राणा समूहले निर्वाचन आयोगमा राप्रपा(प्रजातान्त्रिक) दर्ता गराएको थियो ।

Published : Friday, 2017 September 1, 4:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया