कांग्रेसको सानदार जितपछि एमाले मुख्यालयमा ‘रुवाबासी’

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूबीचको तालमेलले आत्तिएको एमालेले २ नं. प्रदेशको नतिजा आफ्नो पक्षमा आउन नसकेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

शुक्रबारबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा एमालेका नेताहरूको अनुहार मलिन थियो । उनीहरू भन्दै थिए, ‘कांग्रेस र माओवादी केन्द्र मिलेका कारण एमालेको दशा विग्रियो । २ नं. प्रदेशमा नराम्रोसँग हार व्यहोर्नु परेको छ ।’

माओवादी केन्द्रले अस्वभाविक स्थानीय तहमा विजयी हासिल गरेको भन्दै एमालेमा विश्लेषण भएको छ । एमालेका नेताहरूले माओवादी केन्द्रलाई कांग्रेससँग तालमेल गरेका कारण ठूलो फाइदा पुगेको बताएका छन् । प्रदेश र संसदको निर्वाचनमा कांग्रेस–माओवादीलाई मिल्नै नदिने गरेर योजना बनाउन केपी ओलीले बैठकमा प्रस्ताव गरेका छन् ।

२ नं. प्रदेशमा पाँचौँ नम्बरका लागि झिनामसिना दलहरूसँग प्रतिस्पर्धा गर्ने अवस्था आएको भन्दै केन्द्रीय सदस्यहरूले सानो स्वरमा टिकाटिप्पणी गरेको एक सदस्यले बताए । ‘केन्द्रीय कमिटीको बैठकमा कसैको पनि अनुहार उज्यालो छैन’, नाम उल्लेख गर्ने सर्तमा एक केन्द्रीय सदस्यले भने, ‘केपी ओली मात्रै खुसी देखिन्छन् । अरु सबैको अनुहार मलिन छ ।’

२ नं. प्रदेशमा एमालेको यो हविगती आउनुको प्रमुख दोषी केपी ओली, भीम रावल, बामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायतका नेताहरू रहेको भन्दै केन्द्रीय सदस्यहरूले सातो लिएका थिए ।

मधेसी जनतालाई भारतीय भन्ने, कालो बर्णको मधेसी भनेर हेप्ने, माखे साङ्लो भन्ने, मृत्यु भएकालाई पाकेको आँप झरेको जस्ता शब्दावली भनेर एमालेका नेताहरूले होच्याएको बदला तराई मधेसमा बस्ने जनताले बदला लिएको भनेर एमालेको केन्द्रीय कमिटीमा छलफल चलेको स्रोतले जनाएको छ ।

Published : Saturday, 2017 September 23, 7:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया