महेन्द्र पाण्डेलाई यसकारण चीनको राजदूत बनाउन चाहन्थे ओली

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खडगप्रसाद ओलीले चीनमा आफ्नै पार्टीका नेता महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएर पठाउन चाहेका थिए । तर, उनको यो इच्छा चीनका कारण पूरा हुन सकेन ।

भारतको एजेन्टका रुपमा काम गर्दै आएका पाण्डे राजदूत बनेर आउँदा चीनको सबै गोप्य कुराहरू लिक हुने भन्दै बेइझिङको दवावमा ओली राजदूत नियुक्त गर्न असफल भएका हुन् । ओली असफल भए पनि पाण्डेले चीनमा गएर भारका लागि सुराकी गर्ने बाटो खोजी रहेका छन् ।

राजदूत नियुक्तिमा असफल भएका ओलीको सरकार ढलेपछि लगत्तै बनेको माओवादी केन्द्र नेतृत्वको सरकारले चीनका लागि पूर्व मुख्य सचवि लीलामणि पौडेललाई राजदूत बनाएर पठाएको थियो ।

भारतको खास मान्छे अर्थात ‘एजेण्ट’का रुपमा परिचित खड्गप्रसाद ओली पछिल्लो समय भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका छन् । तर, भित्री वास्तविकता भने अर्कै छ । ओली अझै पनि भारतप्रति बफादार छन् ।

यसको पुष्टि भर्खरै नेपाली सेनाले सार्वजनिक गरेको भारतीय एजेन्टको सूचीमा ओलीको नाम अग्रपंक्तिमा छ ।

भारतकै योजनामा त्यस बेला ओलीले एमालेका नेता महेन्द्र पाण्डलाई राजदूत बनाउन लागेका हुन् । यद्यपि पाण्डे राजदूत बन्न सकेनन् ।

‘खड्गप्रसाद ओलीले महेन्द्र पाण्डेलाई चीनको राजदूत बनाउन खोज्नुको कारण भारतका लागि जासुसी गर्नु थियो । परराष्ट्रमन्त्री भइसकेको मान्छेलाई चीनले पनि विश्वास गर्ने भनेर प्रयास गरिएको थियो । सफल हुन सकिएन । खड्गप्रसाद ओली त भारतको एजेण्ट हुन नि । अहिले आएर के भएको छ कुन्नी बुझ्न सकिएको छैन’, एमाले निकट स्रोतले भन्यो ।

Published : Friday, 2017 September 22, 8:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया