हरिवनमा चुरेभावरले बाजी मार्‍यो

सर्लाही । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले सर्लाही जिल्लामा खाता खोलेको छ ।

हरिवन नगरपालिका वडा नं. ३ मा स्वतन्त्रबाट उम्मेदवार बनेका चुरेभावर पार्टीका वडाध्यक्षका उम्मेदवार दीपमान लोप्चन विजयी भएका हुन् । लोप्चनले ३४२ मत पाएका छन् ।

चुरेभावर पार्टीबाट स्थानीय तहको निर्वाचनमा विजयी पाउने लोप्चन पहिलो उम्मेदवार हुन् ।

लोप्चनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नागेन्द्र चौधरीले २२९ मत पाए । तेस्रो स्थानमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवार सुरवीर मोक्तानले २२०मत पाएका थिए ।

वडाध्यक्षमा विजयी भएपछि संक्षिप्त प्रक्रिया दिँदै लोप्चनले आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

‘मलाई विश्वास गरेर मतदाताहरूले भोट दिनुभएको छ’, उनले भने, ‘मेरो अबको काम भनेकै समग्र वडाको विकासमा र जनतालाई सुविधान दिनेमा केन्द्रित हुनेछ ।’

वडाध्यक्षमा विजयी भएका लोप्चन चुरेभावर पार्टीका उपाध्यक्ष हुन् । मधेस आन्दोलनका बेला लोप्चनले नै पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरोध गर्न खोज्ने आन्दोलनकारीहरूलाई भगाउन ठूलो भूमिका खेलेका थिए ।

Published : Wednesday, 2017 September 20, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया