‘चरी’ इन्काउन्टर गर्ने कार्कीले पाए सिआइबीको कमाण्ड

काठमाडौं । नेपाल प्रहरीका डिआइजी पुष्कर कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को कमाण्ड सम्हालेका छन् ।
केही दिन अगाडि डिआइजीमा बढुवा भएका कार्कीलाई पदस्थापना गर्ने क्रममा सिआइबीको जिम्मेवारी दिइएको हो । कार्कीसँगै १५ जना डिआइजी बढुवा भएका थिए ।
यसअघि सिआइबीको जिम्मेवारी डिआइजी नवराज सिलवालले सम्हाल्दै आएका थिए । आइजीपी बढुवा प्रकरणका कारण सिलवाल विदामा बसेपछि सो सिआइबीको प्रमुख खाली थियो । सिलवाललाई राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको छ ।
सिआइबीको जिम्मेवारी पाएका डिआइजी कार्की एसएसपी रहेका बेला काठमाडौं अपराध महाशाखाको प्रमुख रहेका बेला कथित ‘डन’ चरी अर्थात दिनेश अधिकारीलाई इन्काउन्टर गरेका थिए । कार्कीले नै राजधानीमा गुन्डा नाइकेहरूलाई पक्राउ गर्नुका साथै इन्काउन्टरको परम्परा बलालेको आरोप पनि छ ।
कार्कीले सिआइबी प्रमुखको जिम्मेवारी सम्हालेपछि गैरकानूनी काम गर्नेहरू तर्सिएको चर्चा हुन थालेको छ ।
कार्कीले प्रहरी निरीक्षकमा २०४६ साल माघ महिनामा प्रहरी सेवा प्रवेश गरेका थिए ।
यसअघि कार्कीले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी लिएका थिए । सिआइबीमा पदस्थापना भएपछि कार्कीको प्रवक्ताको जिम्मेवारी डिआइजी मनोज न्यौपानेले आइतबारदेखि प्रहरी प्रवक्ता जिम्मेवारी सम्हालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत