महँगो भनेर के गर्ने, माफी माग्यो एप्पलले
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2018/01/iPhone-8-Image-4-e149304719.jpg?resize=800%2C421)
लसएञ्जलस । एप्पलले पुराना मोडलका आइफोन ‘स्लो’ हुन गएकोमा माफी मागेको छ । पुराना आइफोन मोडल प्रयोगकर्ताले फोन पहिलेको भन्दा स्लो भएको भन्दै गुनोसो गरेपछि कम्पनीले त्यसप्रति माफी मागेको हो ।
विगत केही समययता कम्पनीलाई पुराना मोडलका आइफोन प्रयोगकर्तालाई नयाँ किन्न बाध्य पार्ने नियतले फोन स्लो बनाएको आरोप लाग्दै आएको छ ।
एप्पलले भने केही मोडलमा ब्याट्रीको आयु टिकाउन सो कदम चालिएको भएता पनि नयाँ फोन किन्न बाध्य बनाउने उद्देश्यले त्यसो नगरिएको दाबी गरेको छ ।
यसका साथै कम्पनीले ब्याट्रीको वारेन्टी सकिसकेका आइफोन वा त्यसपछि आएका अन्य कुनै पनि सेट प्रयोगकर्ताका लागि २९ अमेरिकी डलरमै नयाँ ब्याट्री साट्न मिल्ने व्यवस्था गरिने बताएको छ । हाल आइफोनको नयाँ ब्याट्रीको मूल्य ७९ डलर पर्दै आएको छ ।
यसबाहेक प्रयोगकर्तालाई फोनको ब्याट्रीको अवस्थाका बारेमा जनाकारी दिन नयाँ सफ्टवेयर आगामी वर्ष ल्याइने प्रतिवद्धता उसले जनाएको छ ।
प्रयोगकर्ताको फोन जानाजान स्लो बनाएको भन्दै एप्पलका विरुद्धमा अमेरिका, इजरायल र फ्रान्समा मुद्धा परेको छ ।
सुरक्षाका कारण देखाउँदै कम्पनीले आफ्ना प्रमूख टम कुकलाई यात्रा गर्दा निजी विमानको प्रयोग गर्न सुचित गरेको छ । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत