भारतमा बन्यो बलात्कारबाट बचाउने पेन्टी

नयाँदिल्ली । भारतकी एक युवतीले बलात्कारबाट बच्ने पेन्टी बनाएकी छिन् । १९ वर्षीया सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाट बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’

उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ । रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।

सीनू भन्छिन्, ‘यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’ यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।

आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् । – एजेन्सी

Published : Monday, 2018 January 1, 9:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया