विश्वको अग्लो कुकुर, खानकी नै महँगो

लण्डन । इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले कहिल्यै सोचेकी थिइनन् कि यो कुकुरलाई उनी आफ्नो घरमा ल्याउनेछिन् र ऊ ५ वर्षमा विश्वकै सबैभन्दा अग्लो कुकुर बन्नेछ । तर, उनले नसोचेको भयो । फ्रेडी नामको उनको कुकुर विश्वकै अग्लो कुकुर बन्यो ।
क्लेरीले आफ्नो घरमा भित्राउँदा फ्रेडी अन्य सामान्य कुकुरजस्तै थियो । जब उसको उचाइ निकै छिटोछिटो बढ्यो तब क्लेरी अचम्मित भइन् । ५ वर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उसको नाम दर्ज भइसकेको छ ।
मोडल क्लेरीका अनुसार फ्रेडीले आमकुकुरकोभन्दा कैयौँ गुणा धेरै खान्छ । उसले पिनट बटरदेखि कैयौँ कुखुरा एकसाथ खान्छ । घरका सदस्यमध्ये सबैभन्दा धेरै खान्की नै उसैलाई चाहिन्छ । फ्रेडीले वार्षिक १५ हजार पाँच सय ३५ डलर अर्थात् करिब १६ लाख रुपैयाँको खाना खान्छ । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत