तार रहित चार्जिङ कम्पनी बिक्री

न्यूयोर्क । मोवाइल कम्पनी एप्पलले न्यूजिल्याण्डको वायरलेस (तार रहित) चार्जिङ कम्पनी पावर बाइ प्रोक्सी खरिद गरेको छ ।

यो कम्पनी सन् २००७ मा युवा ‘आन्ट्रप्रेनर’ फ्याडी मीशीर्कीले स्थापना गरेका थिए । आइफोन उत्पादक एप्पलले फ्याडीको कम्पनी अधिग्रहण गरेको पुष्टि गरेको छ ।

वायरलेस चार्जिङ प्रणालीका लागि नयाँ कम्पनी खरिद महत्वपूर्ण कोशेढुङ्गो हुने एप्पलको हार्डवेयर इन्जिननियरिङका वरिष्ठ उपाध्यक्ष ड्यान रीक्कियोले बताएका छन् ।

गत वर्ष सेप्टेम्वरमा आइफोन ८, आइफोन १० र एप्पल वाच तेस्रो सिरिज सार्वजनिक गर्दै एप्पलले चार्जिङ प्रणालीलाई सरलिकृत गर्ने भिजन पनि ग्राहकमाझ प्रस्तुत गरेको थियो ।

त्यस अनुरुप आउँदो बर्षसम्ममा आइफोन, एप्पल वाच र आइपड एकसाथ चार्ज गर्न मिल्ने चार्जिङ म्याइट सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

पावर बाइ प्रोक्सीले वायरलेस चार्जिङ प्रणालीमा एप्पलको सपना पुरा गर्न कुन हदको सहयोग पुर्याउला भन्ने तथ्य भने खुलेको छैन । – एजेन्सी

Published : Saturday, 2017 October 28, 9:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया