मोडलले रौँ नकाट्दा बलात्कारको धम्की

लन्डन । स्विडेनकी मोडल अरविदा बिस्ट्रममाथि जे भयो त्यो घटनाले त यस्तै बताउँछ । उनले एक विज्ञापनका लागि आफ्नो खुट्टाका रौं नहटाइ पोज दिएकी थिइन् ।

मानिसहरूलाई उनको खुट्टाका रौं यति नराम्रो लाग्यो कि उनले बलात्कारको धम्कीसमेत पाउन थालिन् । ‘एडिडास’ का लागि सुट गरिएको उक्त विज्ञापन जतिबेला युट्युबमा आयो, अरविदामाथि भद्दा मेसेज बर्सिन थाले ।

उनले आफ्नो इन्स्टाग्राममा आफ्नो उक्त तस्बिर पोष्ट गरेकी छिन् र मानिसहले कसरी उनको खिल्ली उडाइरहेका छन् र कस्तो प्रकारका धम्की दिइरहेका छन् भन्ने बारे जानकारी दिएकी छिन् ।

अरविदा मोडल र फोटाग्राफर हुन् । उनी यस्ती कम मोडलमा गनिन्छिन् जो शरिरको रौंसहित फोटोसुट गराउन लागि परिचित छिन् । यद्यपी, थुप्रैले उनको समर्थन पनि गरेका छन् ।

ब्रायनले लेखे, ‘एक मानव र पुरुषको रुपमा मलाई आफ्नो खुट्टाका रौंले केही अप्ठेरो बनाएको छैन । यी कुनै कारणसहित छन् ।’

एक अन्य इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘रौंलाई राख्ने नराख्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । आफ्नो शरिरसँग के गर्ने हो, त्यो तपाईंको निर्णय हो ।’

इना भन्छिन्, ‘यदि तपाईंलाई यस्तो गर्न राम्रो लाग्छ भने यो निकै राम्रो कुरा हो । तपाईंलाई जे ठिक लाग्छ, त्यो गर्नुपर्छ ।’

‘एडिडास’ पनि अरविदाको समर्थनमा छ । कम्पनीले एक बयानमा बताए अनुसार आफूहरुलाई अरविदाजस्तो रचनात्मक र भिन्न सोच्ने मोडलसँग काम गर्न पाएकोमा गर्व छ । – बीबीसी

Published : Wednesday, 2017 October 18, 2:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया