केटा–केटी, केटी–केटा बन्न पाइने
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/10/Sex-change.jpg?resize=800%2C407)
एथेन्स । ग्रिसको संसद्ले १५ वर्षमाथिका किशोर–किशोरीलाई लिंग परिवर्तन गर्न पाउने कानुन अनुमोदन गरेको छ । कानुनी प्रावधानप्रति ग्रिसको अर्थोडक्स चर्चको विरोधका बाबजुद सो विवादास्पद कानुन पारित भएको हो ।
ग्रिसको वामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा लिंग परिवर्तनसम्बन्धी कानुन पास गरेको हो । दुई सय ८५ सदस्य रहेको संसद्मा एक सय ४८ सदस्यले सो कानुनको पक्षमा मतदान गरेका थिए । सिरिजा पार्टीको राष्ट्रवादी गठबन्धन र एनेल पार्टीका एकजना सदस्यले सो कानुनको समर्थन गरेका थिए ।
विद्यमान कानुनअनुसार ग्रिसमा आफ्नो लैंगिक पहिचानका लागि लिंग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । नयाँ कानुनले यसलाई अनिवार्य गर्नेछैन । प्रमुख प्रतिपक्षी दल न्यु डेमोक्रेसीले लिंग परिवर्तन गर्ने कानुनलाई समर्थन जनाएको भए पनि उमेरहदलाई १८ वर्ष तोक्नुपर्ने अडान राखेको थियो ।
‘तेस्रोलिंगी नागरिकले फरक लैंगिक पहिचान भएकै कारण अपमानित महसुस गर्थे । तर, नयाँ कानुनले उनीहरूलाई अधिकार दिएको छ,’ ग्रिसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताए । आवाजविहीन तथा समुदायमा दबाइएका अल्पसंख्यक नागरिकको पक्षमा सरकारले निर्णय गरेको उनले बताए । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत