स्तनमा बीबीसीका पत्रकारले के गरे यस्तो ?

लण्डन । बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए ।

करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए ।

अन्तर्वार्ताको बीचमा सनग्लास लगाएकी एक महिला क्यामराको फ्रेममा पर्ने गरी आइपुग्छिन् र ‘बिल्कुल सानदार’ भन्दै मुसुक्क हाँस्छिन् र बुढी औंला देखाउँछिन् ।

उनको अवरोधले रिसाएका बीबीसीका कार्यक्रम प्रस्तोताले उनलाई स्तनमा छोएर त्यहाँबाट हट्ने संकेत गर्छन् र अन्तर्वार्तालाई अगाडि बढाउँछन् ।

स्मिथले पनि उनलाई त्यहाँबाट हट्नका लागि आग्रह गर्दै भन्छन्, ‘हामीले केही सेकेन्डको समय दिनुहोस्, है त ?’ नाम नखुलाएकी ती महिला त्यसपछि हच्किन्छिन् र त्यहाँबाट जानुभन्दा पहिले ब्राउनको काँधमा मज्जाको थप्पड हान्छिन् । – एजेन्सी

Published : Saturday, 2017 September 2, 11:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया