दर्शकलाई महिला कलाकारको शरीरमा खेल्ने मौका

लसएञ्जलस । युगोस्लाभियाकी मरीना अब्रामोविच राम्रो कलाकार हुन् । इनको काम अन्य कलाकारको भन्दा फरक रहने गर्छ ।

मरीनाले स्टेजहरूमा आफ्ना प्रस्तुतिदिन लागेको ३० वर्षभन्दा धेरै भइसकेको छ । स्टेज कार्यक्रम अर्थात नाटकहरूमा मरीनालाई ‘ठूली आमा’का रुपमा नै लिने गरिन्छ । उनको अभिनय हेर्ने जो कोही पनि एकछिन चकित पर्छन् ।

ठूलो भएपछि मरीनाले फाइन आर्ट्सको प्रशिक्षण लिएकी थिइन् । त्यसपछि स्टेज शोहरूमा आफ्ना प्रस्तुति दिन थालेकी हुन् ।

इटलीको नेपल्स शहरमा मरीनाले सन १९७४ मा दिएको प्रस्तुतिलाई सबैले स्मरण गर्ने गर्छन् । मरीनाले त्यस बेला दिएको आफ्नो प्रस्तुतिका विषयमा अहिले पनि जिकिर गर्ने गरेकी छिन् ।

त्यस बेला ६ घण्टासम्म चलेको स्टेज प्रस्तुतिमा मरीनाको शरीरसँग दर्शकलाई खेल्ने मौका दिइएको थियो । मरीनाले आफूले केही गरिनन् बरु दर्शकहरूलाई आफ्नो शरीरसँग खेल्ने छुट दिइन् ।

त्यसबेला मरीनाको शरीरबाट सबै कपडा निकालेर नाङ्गै बनाइएको थियो । नजिकै रहेको टेबलमा ७४ प्रकारका सामान राखिएका थिए । ती समानबाट मरीनासँग जे गर्ने पनि छुट थियो ।

त्यो प्रस्तुतिमा मरीनाको शरीर थिलाथिला भएको थियो । उनको शरीरमा दर्शकहरूले काँटीले समेत घोपेर पीडा दिएका थिए । – एजेन्सी

Published : Saturday, 2017 September 2, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया