संकटमा परेको कम्युनिष्ट सरकारलाई राष्ट्र हितमा कांग्रेसले साथ दिने

काठमाडौं । नेपाली कांग्रेसले सुरक्षाको सवालमा प्रदेश सरकार केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताएको छ ।

प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित गरेर आफ्नै प्रहरी भर्ना गर्ने प्रक्रिया अगाडि बढाएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको छ ।

मुख्यमन्त्री राउतको यो निर्णयबाट केपी ओली नेतृत्वको केन्द्रीय सरकार पनि असन्तुष्ट छ । केन्द्रीय सरकार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त विधेयक खारेज गर्ने घोषणा नै गरिसकेका छन् ।

यसरी मुख्यमन्त्री राउतको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले पनि एकलौटीभन्दा पनि समन्वय गरेर अघि बढ्न आग्रह गरेको हो ।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानूनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Published : Wednesday, 2018 October 17, 1:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया