ब्ल्याकमेलिङ गर्ने परियारको दशैँ बिग्रियो, बचाउन यी व्यक्ति सक्रिय
बुटवल । कपिलवस्तुबाट पत्रकारिता गर्दै आएका चिन्ता परियारले निजी अस्पतालसँग ब्ल्याकमेलिङ गरेको अभियोगमा नेपाल पत्रकार महासंघले तीन सदस्यीय छानविन समिति बनाएको छ ।
परियारले चन्द्रौटामा सञ्चालित निजी अस्पताल चन्द्रौटा हस्पिटल प्रालिसँग हप्ताको ५ हजार रुपियाँ माग गरेको फेसबुक म्यासेञ्जरको स्क्रीनशर्ट सार्वजनिक भएपछि छानविन समिति गठन भएको हो । पत्रकार महासंघले शनिबार बिहान पत्रकार परियारका बारेको ब्ल्याकमेलिङका बारेमा छानविन गर्न छानविन समिति बनाएको छ ।
छानविन समितिको संयोजकमा पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी छन् । समितिको सदस्यहरूमा प्रदेश ५ का सदस्य मनोज श्रीवास्तव र कपिलवस्तु शाखाका डिलाराम भुसाल सदस्य रहेका छन् । दैनिक नेपाल डटकमले समाचार छापेको छ ।
पत्रकार परियारले जिल्लामा व्यापारी, सरकारी कार्यालय, व्यक्ति आदिसँग अवैध पैसा माग गरेको भनेर आलोचना भइरहेका बेला अस्पतालसँग रकम माग गरेको रहस्य बाहिर आएपछि बाध्य भएर छानविन गर्न महासंघले समिति बनाएको हो ।
चन्द्रौटा हस्पिटल प्रालिले पत्रकार परियारले माग गरे अनुसारको हप्ताको ५ हजार रुपियाँ नदिएपछि केही अनलाइनहरूमा अस्पतालविरुद्ध समाचार समेत प्रकाशित गरेका थिए । अस्पताल व्यवस्थापनले पत्रकार परियारको गतिविधिबाट आफू आजित भएको जनाउँदै आएको छ ।
उता, ब्ल्यकमेलिङ गरेको भनेर आरोपित पत्रकार परियारले आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् । पत्रकार परियारले आफूले अस्पतालसँग कुनै पनि प्रकारको ब्ल्याकमेलिङ नगरेको दाबी गरे ।
फेसबुक म्यासेञ्जरको स्क्रीनशर्टका बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘मेरो नाममा फेक आइडी बनाएर स्क्रीनशर्ट राखिएको छ । छानविन समिति बनेको छ । हेरौँ के हुन्छ ।’
स्रोतका अनुसार ब्ल्याकमेलिङमा सक्रिय परियारलाई बचाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका पत्रकारहरूको संगठन सक्रिय भएका छन् । विशेष गरेर परियारलाई बचाउन पूर्वएमाले निकटका पत्रकारहरू सक्रिय भएको स्रोतले जनाएको छ । (भुलबस परियारको तस्बिर पूरै सम्प्रेषण हुन पुगेकोमा क्षमाप्रार्थी छौँ । – स.)
1 प्रतिकृया प्राप्त “ब्ल्याकमेलिङ गर्ने परियारको दशैँ बिग्रियो, बचाउन यी व्यक्ति सक्रिय”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Yo galat hola lai raxa malai