उद्योग विभाग, भूमि व्यवस्थापन विभागका महानिर्देशक, प्रदेश सचिवहरूसहित ४० जनाको काज र सरुवा
काठमाडौं । सरकारले ४० जना सहसचिवहरूको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक, प्रदेश सचिवहरूको काज र सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारले उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ । राष्ट्रिय समावेशी आयोगको सचिवमा बलराम निरौलाको सरुवा भएको छ ।
सहसचिवहरू डिलाराम पन्थी, रामकुमार महत्तो, जयकुमार घिमिरे, राजेन्द्रदेव पाण्डे, बाबुराम भण्डारी, बद्रीनाथ अधिकारी, रुद्रप्रसाद पण्डित, बेदप्रसाद भण्डारी, दामोदर गौतम, विनयकुमार कर्ण, शरणकुमार पाण्डे, विष्णु भण्डारी, इन्द्रदेव भट्ट, इश्वरचन्द्र मरहट्टा, सुरतकुमार बम, प्रेमकुमार सिंह र अणप्रसाद न्यौपानेलाई विभिन्न प्रदेशअन्तर्गत प्रदेश सचिवकारूपमा सरुवा भएको छ ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया