कांग्रेसले शनिबार देशभरि विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले देशभरि प्रदर्शन गर्दैछ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिएका छन् ।

ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा.महतले बताए ।
नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् ।

शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा.महतले बताए ।

काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् ।

कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ ।

कांग्रेसले संसद भङ्ग भएको मुद्धा सर्वोच्च अदालतमा रहेको भन्दै न्यायालयलाई प्रभावित बनाउने गरेर कुनै पनि गर्न नहुने जनाउँदै आएको छ । कांग्रेसले सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने जनाइसकेको छ ।

Published : Saturday, 2021 February 6, 6:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया