यी हुन् ट्वाइलेट उद्घाटन गर्न पनि नछुटाउने कम्युनिस्ट मुख्यमन्त्री
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आजकाल ट्वाइलेट उद्घाटन गरे दिन कटाउन थालेका छन् ।
पूर्वएमालेका तर्फबाट दाङ जिल्लाबाट प्रदेश सभामा प्रतिनित्व गर्ने पोखरेलले लुम्बिनीको मायादेवी मन्दिर नजिकै ई–ट्वाइलेट उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले ट्वाइलेट उद्घाटन गरेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले एउटा ई–ट्वाइलेटलाई मुख्यमन्त्री पोखरेलमार्फत उद्घाटन गराएर विवादमा तानिएका छन् ।
मख्यमन्त्री पोखरेल पनि आफ्नो मर्यादा भुलेर ट्वाइलेट उद्घाटन गर्न गएको विषयलाई पूर्वएमालेका नेताहरूले मन पाराएका छैनन् । उनीहरूले सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलको आलोचना गरेका छन् ।
कामविहीन बनेका मुख्यमन्त्री पोखेलले रिवन काट्ने र उद्घाटनका कार्यक्रमका लागि आउने कुनै पनि अवसर गउमाउँदैनन् । पोखरेलको उद्घाटन मोह देखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र रमाइलो चर्चा हुन थालेको छ ।
उपाध्यक्ष त्रिपाठीको आग्रहपछि मुख्यमन्त्री पोखरेलले ट्वाइलेट उद्घाटन गर्ने इच्छा देखाएका थिए । यो ट्वाइलेटको खर्च कहाँबाट कसरी भएको हो अपारदर्शी रहेको आरोप छ ।
ट्वाइलेट उदघाटन कार्यक्रममा क्यानडा घर भएकी क्रिश्चियन महिला पनि सहभागी थिइन् । क्यानडा घर भएकी ती महिलालाई त्रिपाठीले आमा भनेर सम्बोधन गर्छन् ।
ई–ट्वाइलेटमा पैसा तिरेपछि दिस, पिसाव गर्न पाइनेछ । ई–ट्वाइलेट कहाँबाट कसले खरिद गरेको हो केही बताइएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत