डा.ओली नेतृत्वको कम्युनिस्ट सरकार नालायकः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.केपी ओली (मानार्थ विद्यावारिधी) नेतृत्वको कम्युनिस्ट सरकारलाई नालायकको संज्ञा दिएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सभापति देउवाले निर्मला पन्तको बलात्कारी र हत्यारा पक्राउ गर्न नसक्ने सरकारलाई नालायक भएको आरोप लगाएका हुन् ।
देउवाले निर्मला पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको आरोप लगाए ।
‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ’, देउवाले भनेका छन् ।
कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ ।
उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’, देउवाले भने, ‘त्योभन्दा त दिपायल नै ठीक थियो ।’
अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने देउवाले बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत