यी हुन् दसैँको मुख खर्च बाँड्छु भन्ने विवादास्पद कम्युनिस्ट मन्त्री
काठमाडौं । कम्युनिस्ट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
संसद्को विकास समितिमा पत्रकार र सञ्चारकर्मीविरुद्ध आक्षेप लगाउँदै मन्त्री बास्कोटाले दिएको अभिव्यक्ति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी गरेको पत्राचारप्रति महासंघले आपत्ति जनाएको हो ।
समितिको असोज १८ गते बसेको बैठकमा मन्त्री बाँस्कोटाले आफू र सरकारविरुद्ध जथाभावी लेखेको भन्दै अभद्र ढंगले प्रस्तुत भएका थिए ।
महासंघको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री बाँस्कोटाले पत्रकारहरूलाई दसैं आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आमपत्रकारहरूको अपमान भएको छ ।’
महासंघले जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएकोप्रति कडा शब्दमा भत्सर्ना गरेको छ ।
मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकता राखेर दिन गरेको पत्राचारप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘महासंघले प्रेसप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गरेर समान व्यवहार गर्न सरकारसँग माग गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत