दुई महिना त भयो, आलोचना नगर्नुस् : डा.ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष डा.खड्गप्रसाद ओली (मानार्थ विद्यावारिधी)ले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् ।
त्रिभुवन विमानस्थलमा बिहीबार पत्रकारहरूको प्रश्नको जवाफमा डा.ओलीले नेकपाभित्र कुनै पनि प्रकारको विवाद नरहेको बताएका हुन् ।
‘माधव नेपाल मेरो पुरानो मित्र हो’, उनले भने, ‘उहाँसँगको सम्बन्धमा कुनै समस्या छैन ।’
‘माधवजी मेरो २०२९ सालदेखिको मित्र हो । अलि भावुक भएर उहाँले पुरानो गीतको सम्झना गर्नुभयो होला तर, यो खास ठूलो विषय होइन’, प्रधानमन्त्री डा.ओलीले भने ।
सरकारले जारी गरेको बजेट लागू भएको दुई महिना मात्र वितेकोले अहिले नै यो भयो र भएन भन्ने अवस्था नभएको डा.ओलीले बताए । ‘बजेटलाई पूर्ण कार्यन्वयन हुन दिनुहोस्’, उनले भने, ‘सबै कुरा ठीक भएर जानेछन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत