गच्छदार समूहका विद्यार्थी नेताहरुलाई नेविसंघमा समायोजन

काठमाडौं । कात्तिकको दोस्रो साता हुने भनिएको महाधिवेशनका बारेमा पुनः अन्यौल भएको छ ।

१६ देखि १८ कात्तिकसम्मका लागि तय भएको नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन पुनः अन्योलमा परेको हो ।

महाधिवेशनका लागि तल्ला निकायमा अधिवेशन सम्पन्न भइरहेको अवस्थामा अध्यक्ष नैनसिंह महरले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको विद्यार्थी संगठनका अधयक्ष कपिलेश्वर यादवलाई महामन्त्री र अन्य १४ जनालाई सदस्यमा मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले नयाँ विवाद देखिएको छ ।

कांग्रेस सहमहामन्त्री एवं नेविसंघ महाधिवेशन निर्देशन समितिका संयोजक डा.प्रकाशशरण महतले बोलाएको समिति बैठक पौडेल पक्षका नेताहरूले बहिष्कार गरेका छन् ।

स्रोतका अनुसार महतले सोमबार र मंगलबार बोलाएको सहजीकरण समिति बैठक गगन थापा र नवीन्द्रराज जोशीले बहिष्कार गरेका हुन् ।

उनीहरूले पहिला नेविसंघले पारित गरेर पठाएको विधान पार्टी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि मात्रै बैठक बस्नुपर्ने बताएका छन् ।

नेविसंघको विधान अनुमोदन गर्ने कार्यसूची राखेर २८ भदौमा बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

७ देखि १० असोजसम्म माध्यमिक विद्यालय र क्याम्पसको अधिवेशन सम्पन्न भइसकेको छ । तर, मावि र क्याम्पसको महाधिवेशन सम्पन्न गरेपछि पार्टी केन्द्रीय कार्यालयले पत्राचार गरी गच्छदार नेतृत्वमा रहेको फोरमको विद्यार्थी संगठनलाई समेटेर मात्र महाधिवेशन गर्न निर्देशन दिएको थियो ।

गच्छदार नेतृत्वको तत्कालीन फोरमका विद्यार्थी नेताहरूलाई संगठनमा स्थान दिनुपर्ने भए पनि आफूहरूसँग कुनै सल्लाह नगरी अध्यक्ष महरले मनोनीत गरेको भन्दै पौडेल पक्षले अध्यक्ष र पार्टीको नेविसंघ निर्देशन समितिको बैठक बहिष्कार गर्दै आएको छ ।

नेविसंघका कोषाध्यक्ष शिव रिमालले अध्यक्ष महर विधानलाई पारित गर्ने र जिल्ला–जिल्लामा प्रतिनिधि खटाउने विषयमा आलटाल गर्दै महाधिवेशन नगर्ने दिशामा अगाडि बढिरहेको आरोप लगाए ।

Published : Wednesday, 2018 October 3, 8:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया