आपतमा परेका कम्युनिस्टहरुले कांग्रेसको साथ खोजे, देउवाको नाम जपे
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशको राजधानीमा नेपाली कांग्रेसको पनि समर्थन रहेको दाबी गरेको छ ।
नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य भीम रावलले कांग्रेसको पनि सहमतिमा गोदावरीमा राजधानी प्रस्ताव गरिएको दाबी गरे ।
एउटा अनलाइनसँगको कुराकानीका क्रममा राववले कांग्रेसका सभापति शेरवहादुर देउवाको निर्णयको बचाउका लागि मात्र कांग्रेसले विरोध गरेको हुनसक्ने बताए ।
संघ र प्रदेश दुवैतिर दुई तिहाई बहुमतको सरकार चलाइरहेको नेकपाले प्रदेश राजधानी गोदावरी तोक्ने निर्णयको उनले बचाउ गरे ।
गोदावरी राजधानीको विरोध गर्न अन्य राजनीतिक एजेण्डा नभएपछि वन र बाघको चिन्ता गर्न थालेको नेकपाका नेता रावलले आरोप लगाए ।
नेता रावलले गोदावरीमा प्रदेश राजधानी तोकिएको स्थानमा एउटा पनि सालको रुख नरहेको र बाघ होइन, कुनै जंगली जनावरको ओहोरदोहोर नहुने दावी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत