जापानमा कैँची खोज्न ३६ घण्टा चेकजाँच
टोकियो । जापानमा बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानाको विमानस्थलमा ३६ घण्टा उडान रद्द गरेर चेकचाँच गरिएको छ ।
३६ घण्टा विमानस्थल बन्द गरिएपछि २०१ उडानमा ढिलाइ भएको छ । सुरक्षाका कारण कैची खोज्न सुरक्षाकर्मीले सबै यात्रुलाई चेकजाँच गरिएको छ ।
शनिबार बिहान होक्काइडोको नयाँ चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो ।
प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनिएको थियो । यात्रुको लामो लाइन बनेको थियो ।
अधिकारीहरूले बेपत्ता कैंची पत्ता लगाउन प्रयास गरे तर, फेला पार्न सकेनन् । भोलिपल्ट सोही पसलमा कैंची भेटिएको छ ।
जापानको वार्षिक बोन पर्व मनाएर स्वदेश फर्कने यात्रुले निकै समस्या भोग्नुपरेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया