सडकमा जथाभावी फोहर नफालौँः गगन थापा
काठमाडौं । नेपाली कांग्रेस युवा नेता गगन थापाले सडकमा फोहोर फालेर सरकारलाई गाली गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
काठमाडौंस्थित गुह्येश्वरी विनायक युवा क्लबको शनिबार उद्घाटन तथा रक्तदान कार्यक्रममा थापाले जथाभावी सडकमा फोहोर फालेर सरकारलाई गाली गर्ने छुट कसैलाई नरहेको बताए ।
जथाभावी फोहोर फाल्ने प्रवृत्तिले महानगरवासी भन्न नसुहाउने उनको भनाइ छ । नागरिकस्तरबाट तथा विभिन्न युवा क्लब र संघसंस्थाले विकासका योजनालाई छिटोछरितो बनाउन सरकारलाई खबरदारी गर्नुपर्ने उनले बताए ।
‘काठमाडौंको खाली ठाउँमा कुनै पनि भौतिक संरचना बनाइनु हुन्न । खाली ठाउँको संरक्षण गरौँ, सफा गरेर पार्कका रूपमा संरक्षण गर्न सकिन्छ । यसबारे युवा क्लब तथा स्थानीय संघसंस्था क्रियाशील हुनुपर्छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत