राष्ट्रघाति प्रस्ताव गर्ने स्वर्णिम वाग्लेले रास्वपालाई तहस-नहस बनाए, निस्कासन गर्न प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सांसद समेत रहेका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत ढकालले नेपाललाई भुटानीकरण बनाउन राष्ट्रघाति प्रस्ताव गर्ने स्वर्णिम वाग्लेलाई हटाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ ।’
पूर्वमहामन्त्री ढकालले स्वर्णिम वाग्लेलाई राष्ट्रघाति र देशद्रोही भनेर टिप्पणी गरेका छन् ।
ढकालले भने, ‘पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ । त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनपर्छ ।’
‘पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ’, नेता ढकालले भने ।
‘पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ’, रास्वपाका पूर्वमहामन्त्री ढकालले भनेका छन् ।
नेपाली कांग्रेसमा अवसर लिएर पहिचान बनाएका स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेपछि रास्वपाभित्र भाँडभैलो मच्चाएका छन् । स्वर्णिम वाग्लेले रास्वपालाई तहस नहस बनाउन लागेका छन् ।
उनले भने, ‘हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कति पय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ ।’
‘समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ । २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरूविरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागि पारदर्शिता, जवाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिन पर्छ’, उनले भने ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया