सहकारी ठगहरूबारे छानविन गर्न बनेको समितिमा कांग्रेसले फेर्यो सदस्य
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूलाई सहकारी संस्था बचत रकम दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको सदस्यमा पठाइएको छ ।
समितिका सदस्य रहेका कांग्रेस सांसद बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि सदस्य पद रिक्त थियो । रिक्त ठाउँमा सांसद बडूलाई पठाइएको छ ।
जेठ १५ गते प्रतिनिधि सभाले सहकारी बचत ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो ।
रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन काण्डमा मुछिएपछि उनीसहितलाई छानविन गर्न संसदीय समिति गठन भएको छ ।
Published : Tuesday, 2024 July 30, 10:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया