अनेरास्ववियु (क्रान्तिकारी)द्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा सरकारले गरेको दश प्रतिशत भाडा वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले सार्वजनिक सवारी साधनमा वृद्धि भएको दश प्रतिशत भाडा तत्काल फिर्ता लिन माग गर्दै बिहीबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको हो ।

मीनभवनस्थित विभागको कार्यालय अगाडि अखिल क्रान्तिकारीले एक घण्टा प्रर्दशनसहितको धर्ना दिएको हो ।

यातायातमा भाडा वृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरिएको संगठनका सचिव पवन कार्कीले जानकारी दिए ।

अनेरास्ववियु (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडा वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको छ ।

दशैँको मुखमा कम्युनिस्ट सरकारले सार्वजनिक सवारी साधनमा दश प्रतिशत भाडा वृद्धि गरेपछि केपी ओली नेतृत्वको सरकारले आफ्नै दलका भातृसंगठनहरूको पनि आलोचना खेप्नु परेको छ ।

Published : Thursday, 2018 September 27, 10:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया